नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान


२७ श्रावण २०७४, शुक्रबार


धनगढी । एकता समाज र एकता प्रगतिशित बचत तथा ऋण सहकारी संस्था ली. जमुनाभाडी कैलालीले नवनिर्वाचित जनप्रतिनिधिलाई बद्याई एवं सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

समाजकी अध्यक्ष कलावती साउँदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिकाका नवनिर्वाचित मेयर हरिसिंह साउँद, उपमेयर रतना कडायत लगायत वडा अध्यक्षहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रममा समाजकी पूर्व अध्यक्ष राधा वली, समाजसेवी प्रेम बहादुर बोगटी, एकता प्रगतिशिल बचत ऋण सहकारी संस्थाका अध्यक्ष सुरत बोगटी, समाजसेवी धन बहादुर बोगटी, कृष्णराज जोशी लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस