धेरै संघ दर्ता भएर फरक पर्दैनः विष्ट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

धेरै संघ दर्ता भएर फरक पर्दैनः विष्ट


१३ श्रावण २०७४, शुक्रबार


काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले धेरै खेल संघ दर्ता भएर फरक नपर्ने बताएका छन् ।

शुक्रबार त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा सेमिनार तथा डान ग्रेडिङ परीक्षाको उद्घाटन गर्दै सदस्य–सचिव विष्टले भने– ‘परिषद्मा धेरै खेल संघ दर्ता भएर केहि फरक पर्दैन । हामीले बुझ्नु पर्ने एति मात्र हो कुन खेललाई कति प्राथमिकता र अनुदान दिने हो । दर्ता भएका सबै संघका खेलाडी हुन्छन् । कम्तीमा ति खेलाडीहरु खेलमा इंगेज भएपछि कुलत र गलत संगतमा फसदैनन् । अनुशासनमा बसछन् र राष्ट्रका लागि पदक पनि ल्याउछन् । त्यसैले मलाइ लाग्छ धेरै खेल संघ दर्ता गरेर केहि फरक पर्दैन ।’

नेपाल सिन–क्योकुसिन कराते संघले आयोजना गरेको एकदिने कार्यक्रममा ६५ जना सहभागी छन् । त्यसमा पोखराबाट १०, पर्सा र चितवनबाट २–२, वीरगञ्जबाट ५ तथा मकवानपुरबाट ८ सहभागी छन् । बाँकी काठमाडौंबाट रहेको आयोजकले जनाएको छ । डब्लुकेओ सिन–क्योकुसिन काइ करातेका एसियाली प्रमुख छैटौं डान जेबी सुजुतोले सेमिनार सञ्चालन गरेका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सुजुतोले आयोजक संघका महासचिव सूर्यबहादुर बुढाथोकीलाई नेपालको ब्रान्च चिफमा चयन गरिएको जानकारी गराए । सो अवसरमा आयोजक संघका संस्थापक अध्यक्ष स्व. लक्ष्मणकुमार श्रेष्ठको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस