दुर्घटनामा चारजनाको मृत्यु « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

दुर्घटनामा चारजनाको मृत्यु


९ श्रावण २०७४, सोमबार


बागलुङ । बढीगाड गाउँपालिका– ५ मा जिप दुर्घटनामा परी आज चारजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।

जलजलाबाट ग्वालीचौरतर्फ आउँदै गरेको ध१ज १८४ नं. को जिप बादिपमा दुर्घटना भएको हो । दुर्घटनामा परी जिपका चालक बढीगाड गाउँपालिका– ४ का २७ वर्षीय तुलबहादुर पुन, सोही ठाउँका ३९ वर्षीय हरमन काउचा, वडा नं. ८ का ३६ वर्षीय नारायण सेरबुजा र वडा नं. ५ का ६० वर्षीय मुक्तबहादुर पाइजाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्काले जानकारी दिए । चारैजनाको घटनास्थलमै मृत्यु भएको हो ।

घाइतेलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौँ लैजाने तयारी भइरहेको छ । घाइते हुनेमा टेकबहादुर पाइजा, बालमती पाइजा, दिपेश पाइजा, दिपशिखा पाइजा, भीमबहादुर श्रीस र भीम सेरबुजा रहेका प्रहरीले जनाएको छ । जिप सडकदेखि करिब सात मिटर तल खसेको थियो । रासस

प्रतिक्रिया दिनुहोस