पुरुषले महिलाबारे लेखेर न्याय गरिन्न भन्नेको जमातमा जमर्को गरेँ: सरगम « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पुरुषले महिलाबारे लेखेर न्याय गरिन्न भन्नेको जमातमा जमर्को गरेँ: सरगम


७ श्रावण २०७४, शनिबार


लेखक

२०४० मा कञ्चनपुरको पुनर्वासमा जन्मेका राज सरगम लेखक एवं निर्देशक हुन् । जीवनका स्वर्णिम दिन आफ्नो बाल्यकाल कञ्चनपुर जिल्लाको पुनर्वासमा बिताएका सरगम हाल काठमाडौंको चावहिलमा बस्छन् । उनले स्नातक तह सम्मको पढाई पनि कञ्चनपुरकै सिद्धनाथ बहुमुखी क्याम्पसबाट पूरा गरे । हुने विरुवाको चिल्लो पात भने झै उनीमा सानै देखि साहित्य प्रति निकै रुचि थियो । नाटक लेख्न र हेर्न रुचाउने सरगम सकेसम्म थिएटरमा लागेका नाटक हेर्न छुटाउँदैनन् । सरगमले थुप्रै नेपाली चचित्रको कथा पनि लेखि सकेका छन् । उनले ‘मेरो मान्छे’, ‘चाल’, ‘तिम्रो मन बदलेछ’ लगायतका चलचित्रको कथा लेखि सकेका छन् भने केही नेपाली फिल्मको निर्देशन गरेका छन् । उनको यस भन्दा पहिले चिम्नी उपन्यास पनि बजारमा आइसकेको छ भने सरगमको ‘छाउघर’ दोस्रो औपन्यासिक कृति हो ।

यो न त कुनै एक व्यक्तिको पिडा हो नत एक घरको नै, यो सिंगो सुदूर र मध्यपश्चिममा कष्टकर जिवन विताउन विवष लाखौं महिलाहरुको पिडा हो । अझ भनौं यो सुदूर र मध्यपश्चिमका महिलाहरुको दर्दनाक पिडाको यथार्थ चित्रण हो । राज सरगम उनी पुरुष । एउटा पुरुषले लेखेको उपन्यास ‘छाउघर’ । जसमा महिलाले भोग्नु परेको कहर पूर्ण जिवनको कथा ब्याथा समेटिएको छ ।

गत पुस ५ गते ‘छाउघर’ उपन्यास बजारमा ल्याए सरगमले । सुदूरको भूमिमा जन्मेका सरगमले छाउपडिको पिडालाई नजिकबाट अनुभुत गरेका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिकामा जन्मे हुर्केका सरगम सुदूरमा छाउपडिले पाएका पिडा र अकालमै ज्यान गुमाउनु परेको कहाली लाग्दो पिडा दर्दबाट पनि टाढा छैनन् । उनलाई निकै पहिले देखि त्यो पिडाले पोलि रहेको थियो । यसै विषयमा कमल चलाएर समाजलाई जागृत गराउनु पर्छ भन्ने उनको मन भित्रको धेरै पहिलेको हुट्हुटिले पुसमा मुर्त रुप पायो ‘छाउघर’ जन्मेसँगै ।

सरगम भन्छन्–छाउ अर्थात् महिनावारी हुनु भनेको अब महिला आमा बन्न सक्छे भन्नु हो । यो प्राकृतिक नियम नै हो । यसलाई न रोकर रोक्न सकिन्छ न छेकेर छेक्न सकिन्छ । नारी एउटा नारी मात्र नभएर सृष्टिकर्ता पनि हो । उसले तब मात्र सृष्टिलाई जीवन्त राख्न सक्छ जब उ महिनाबारी हुन्छ । छाउ हुनु नत नराम्रो हो, नत महिलाको दोष नै हो । तर समाजले छाउपडिको नाममा छाउँ गोठ बनाएर महिलाई घरबाट निकै टाढा राख्ने गरेका छन् । जसले महिलाहरु नीकै कष्टकर जीवन ब्यथित गर्न बाध्य छन् । कति छाउपडी भएको समयमा बलात्कारमा पर्ने गरेका छन् भने कतिलाई सानो अध्यारो गोठमा सर्पले डस्ने गरेकाले अकालमा ज्यान गुमाउन पुगको छन् ।

सरगमले आफुले समाजमा देखेको यस्तो पिडालाई ‘छाउघर’ मार्फत चित्रमा उतारेका छन् । हुन त थुप्रै संघ संस्थाहरु पनि छाउपडी प्रथाको उन्मुलका लागि सक्रिय छन् तर तिनको काम पनि त्यति प्रभावकारी हुन सकेको छैन । छाउपडी प्रथा हटे त्यस्ता एनजिओ आइएनजीओ पनि हट्ने भएकाले केही संघ संस्थाहरुले छाउपडी नामलाई भजाई खाने आरोप पनि पछिल्लो समय लाग्ने गरेको छ । विश्व २१ औं शताब्दिमा चलिरहेको वर्तमान अवस्थामा नेपालमा यस्ता प्रकारका बिकृतिले जरा गारेकोप्रति पनि स्रष्टा राजले निकै चिन्ता व्यक्त गरे ।

‘छाउघर’ मा महिलापात्र समावेश छन् । कला ‘छाउघर’ की मुख्य म पात्र हुन् । १२ वर्षको उमेरमा पहिलो पटक महिनावारी हुँदा कलाले २२ दिनसम्म घर बाहिर अर्थात गोठमा बस्नु पर्छ । उनीमा चेतना हुन्छ, उनी ‘छाउघर’ मा बस्न इन्कार गर्छिन् । घरमा हजुर बुवाले नमान्दा ती घर छोडेर नै भाग्छिन् । उनले महिलाले छाउ हुँदा भोग्नु परेका पिडालाई बडो कहाली लाग्दो तरिकाले पस्तुत गरेका छन् । उनले आफुले घर समाजमा देखेको छाउपडीको पीडालाई जस्ताको त्यस्तै उतारेका छन् कृतिमा । जुन घटना विषयवस्तु काल्पनिक नभइकन यथार्थ भरक र दर्दनाक छ ।

सुरगमले सुदूरका नौं वटै जिल्लाको भ्रमण गरेका छन् । उनले नौं वटै जिल्लाका छाउपडिका पिडालाई मसिनो गरि बुझ्ने कोषिस गरेका छन् र तीनै आफुले देखेका घटनालाई जस्ताको त्यस्तै उतारेका छन् कृतिमा । २०७० सालबाट ‘छाउघर’ लेख्न सुरु गरेका सरगमले यो कृतिलाई जन्माउन निकै मेहेन गरेका छन् । जब उनले मेहेनेतका साथ पुस्तक बजारमा ल्याए । उनको पुस्तक लोकप्रिय मात्र भएन उनी स्वयं पनि बधाइका पात्र बने । एक पुरुष भएर पनि महिलाको पीडालाई जस्ताको त्यस्तै बडो कलात्मक रुपमा लेखेकोमा उनलाई सबैले बधाई दिए । उनीसँग धरैले एउटा पुरुष भएर कसरी लेख्न सक्नु भयो महिलाको कथा भनेर धेरैले सोध्ने गरेको रमाइलो अनुभव पनि छ । हुन त भनिन्छ नी जहाँ पुग्न सक्दैन रबी त्यहाँ पुग्ने गर्छ कवी । सरगमको पनि कवि मनले अनुभुत गर्यो छाउपडी महिलाको पिडा र जन्मियो ‘छाउघर’ । ‘छाउघर’ लेख्न गाह्रो थियो, सरगम भन्छन् तर, पुरुषले महिलाबारे लेखेर न्याय गरिन्न भन्नेको जमातमा जमर्को गरे । यो कृतिको जन्म पनि भयो ।

महिनावारी भएको बेला गाह्रो काम गर्दा स्वास्थ्यमा असर पर्छ त्यसैले गाह्रो काम गर्नु हुँदैन पोसिलो खाने कुरा खानु पर्छ भन्ने बुझ्नु पर्नेमा झनै महिलाई कष्टकर जीवन बिताउन समाजले विवस पारेकोमा लेखकको मन निकै कुडिएको छ । उनी यस्तो गर्नु गलत हो । सबैले यस्तो अवस्थामा महिलाको बिषेस ख्याल राख्नु पर्छ भन्ने मान्यता राख्छन् ।

‘छाउघर’का चर्चा र लेखकको तारिफ मात्र भएन यो कृति देशकै नोवेल पुरस्कार मानिने मदन पुरस्कार २०७३ को श्रेष्ठ सूचिमा पर्न सफल भयो भने देशको अर्को दोस्रो ठुलो पुरस्कार पद्यमश्री पुरस्कारको  पनि श्रेष्ठ सूचिमा पर्न सफल भएको छ । जसले गर्दा लेखक सरगम पनि निकै सन्तुष्ट छन् । यस पुस्तकलाई फाइनप्रिन्टले बजारमा ल्याए हो ।

Tags :
प्रतिक्रिया दिनुहोस