मेरै लागि वाँच्नेलाई « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मेरै लागि वाँच्नेलाई


३१ असार २०७४, शनिबार


निर्जिव बनी खडा हुन्छु
मलाई छुरा चलाउने लाई
सारा आँशु रित्याइदिन्छु
मेरै लागि रुनेलाई

म आफै छोडि जान्छु
मलाई छोड्न चाहानेलाई
जनम जनम साथ दिन्छु
चोखो माया गाँस्नेलाई

छाती चिरी रगत दिन्छु
दुइ अंजुली थाप्नेलाई
त्यो भन्दानी डवल दिन्छु
मेरो माया साँच्नेलाई

स्वागत गर्छु सधै भरी
मलाई घृणा गर्नेलाई
जिन्दगी भर खुशी दिन्छु
मेरै लागि बाँच्नेलाई

Tags :
प्रतिक्रिया दिनुहोस