बमलाई खेलौना ठान्दा चार बालबालिकाको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बमलाई खेलौना ठान्दा चार बालबालिकाको मृत्यु


२९ असार २०७४, बिहिबार


अफगानिस्तान । उत्तरी अफगानिस्तानको बाघलान प्रान्तको बुर्का जिल्लामा बुधबार बम विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ । प्रहरी प्रवक्ताले उक्त जानकारी दिएका छन् ।

विस्फोटमा मारिएका ती बालबालिका एकै परिवारका दुई जना र अन्य दुई जना रहेका छन् । विस्फोटक पदार्थ खेल्ने सामग्री भनेर खेलाउन खोज्दा अकस्मात पड्किन पुगेको थियो ।

यसरी पड्किएपछि ती बालबालिकाको घटनास्थलमा नै मृत्यु भएको स्थानीय प्रहरी प्रवक्ताले जानकारी दिएका समाचारमा जनाइएको छ ।

तालिवान आतङ्ककारी समूहको नियन्त्रणमा रहेको यस इलाकामा बारम्बार यस्ता घटनाहरु भइरहेको पाइन्छ ।

अफगानिस्तानको राजधानी काबुलबाट १८० किलोमिटर उत्तरमा पर्ने बुर्का जिल्लामा तालिवान आतङ्ककारी समूह सक्रिय रहेका छन् । रासस÷सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस