सप्तरीमा एकाउन्न बिगाहामा माछा पोखरी « प्रशासन
prasaLogo
२८ असार २०७४, बुधबार

सप्तरीमा एकाउन्न बिगाहामा माछा पोखरी


प्रकाशित मिति : 12 July, 2017 2:12 pm

सप्तरी । जिल्लामा यस वर्ष माछापालनको लागि ५१ बिगाहा जमिनमा पोखरी खनिएको छ ।

जिल्ला कृषि विकास कार्यालयका कार्यालयका प्रमुख भगिरथ यादवका अनुसार प्रति कठ्ठा दश हजारका दरले अनुदान उपलब्ध गराएपछि किसानले पोखरी खनेका हुन् । माछापालन पोखरीका लागि दुईसयभन्दा बढी किसानले आवेदन दिएका थिए ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत सप्तकोसी नगरपालिका– ६ बोचरीमा कार्यालयले खाद्यानबाली ब्लक कार्यक्रम सुरु गरेको छ । एक सय ५० बिगाहा जमिन छनोट गरी सामूहिक तथा संस्थागत रुपमा धानखेती सुरु गरिएको छ । सो कार्यक्रका लागि ८३ लाख बजेट विनियोजन गरिएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस