श्रीलंकन क्रिकेट कप्तान म्याथुजद्वारा राजीनामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

श्रीलंकन क्रिकेट कप्तान म्याथुजद्वारा राजीनामा


२८ असार २०७४, बुधबार


काठमाडौं । श्रीलंकाली क्रिकेट टिमका कप्तान एञ्जेलो म्याथुजले मंगलबार कप्तान पदबाट राजीनामा दिएका छन् । उनले सबै फर्म्याटको क्रिकेट कप्तानबाट राजीनामा दिएका हुन् ।

यसै साता जिम्बाबेसँगको एक दिवसीय सिरिज गुमाएपछि उनको राजीनामा आएको हो । श्रीलंका भ्रमणमा रहेको जिम्बाबेले पाँच खेलको सिरिज ३ – २ ले जितेको थियो । जिम्बाबेले श्रीलंकालाई पराजित गर्दै आठ वर्षपछि विदेशी भुमिमा पहिलोपटक सिरिज जितेको थियो ।

उनले श्रीलंकाबाट एक दिवसीयमा ९८ खेल , टेष्टमा ३४ र १२ टि – ट्वान्टी खेलमा कप्तानी गरेका थिए । उनको कप्तानीमा श्रीलंकाले पछिल्लो तीन वर्षको बिचमा उत्कृष्ट प्रदर्शन गर्न सकेको थियो । त्यसैले उनले नैतिकताको आधारमा राजीनामा गरेको बताईएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस