त्रिशूलीमा खसेका व्यक्तिको उद्धार « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

त्रिशूलीमा खसेका व्यक्तिको उद्धार


१८ असार २०७४, आइतबार


चितवन । इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन नजिकै सडकबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका एक व्यक्तिको सकुशल उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार नदी किनारमा ढुङ्गाको च्यापमा अड्किएको अवस्थामा उनलाई उद्धार गरिएको हो ।

बिहेका लागि काठमाडौँबाट नवलपरासीको दलदले आउँदै गरेको लु १ ख ९८८१ नं.को गाडीमा सवार नवलपरासी देवचुलीका ४५ वर्षीय रञ्जन चापागार्इं सडक छेउबाट चिप्लिएर त्रिशूलीमा खसेको जानकारी आएपछि प्रहरीले खोजी सुरु गरेको थियो ।

बिहान ५ बजेर ४५ मिनेटमा लडेका उनको करिब ८ः३० बजे उद्धार गरिएको मुग्लिन प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य छ । चाप परेर गाडी रोकिएका बेला बाहिर निस्किएका उनी सडक छेउबाट चिप्लिएर लडेका थिए । अग्लो भिर रहेकाले डोरीको सहायतामा प्रहरीले उनको उद्धार गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस