Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

काममा समन्वय नहुँदा जनतालाई सास्ती


प्रशासन विशेष ब्युरो

१३ जेष्ठ २०७४, शनिबार


जनकपुरधाम। एकीकृत सहरी विकास आयोजनाले सडक विस्तार र नाला निर्माणको काममा समन्वय नगर्दा जनताले खानेपानी, टेलिफोन र बिधुतको सास्ती महिनौँदेखि भोग्नु परिरहेको छ ।

आयोजनााले समन्वय गरी काम नगर्दा टेलिफोनको अप्टिकल फाइवरलाई क्षति पु¥याई डेढ हजार जनालाई सञ्चारविहीन बनाएको र बन्द भएको टेलिफोन मर्मत हुने वा नहुने अन्योलको अवस्था सिर्जना भएको छ ।

नेपाल टेलिकम जनकपुर कार्यालय प्रमुख नारायण काफ्ले आयोजनाले अर्बौंको क्षति पु¥याएका कारण कार्यालयबाट मर्मत कार्य सम्भव छैन भन्छन्

“प्रजिअ र आयोजना प्रमुखलाई क्षतिबारे ध्यानाकर्षण गराउँदा सकारात्मक पहल नहुँदा मर्मतको सम्भावना क्षीण हुँदै गएको जानकारी दिइएको छ” उनले भने, “प्रमुख जिल्ला अधिकारीले यो समस्यालाई गम्भीरतापूर्वक नलिएका कारण मर्मत अनिश्चित बनेको छ ।”

यसैबीच टेलिकमका कर्मचारी र कार्यालय प्रमुखबीच मर्मतका बारेमा विवादसमेत सिर्जना भएको छ । आयोजनाले खानेपानीका पाइपलाई क्षति पु¥याई हजारौँ ग्राहकलाई खानेपानीबाट वञ्चित गराएको छ । खानेपानीको पाइपमा भएको क्षतिले सडकमा पानी खेर गइरहेको छ भने ग्राहक पानीका लागि विभिन्न विकल्प प्रयोग गर्न बाध्य देखिएका छन् ।

तापक्रम वृद्धिसँगै कल र इनारका पानी पनि सुकेकाले बजारबाट पानी किनेर दैनिकी चलाइरहेको विद्यापति चोकका महेश मिश्रले बताए ।

त्यस्तै नाला निर्माणका लागि प्रयोग गरिएको ह्युम पाइपमा पुरानो नाला नजोडिएका कारण पुरानो नालाको बहाव बन्द भई व्यक्तिको घर र कार्यालय परिसरमा नालाको पानी पसेको छ । समन्वयको अभाव विद्युत्का खम्बा सार्नेमा पनि देखिएको छ । आयोजनाले व्यवस्थित ढङ्गले कार्य सम्पादनमा ध्यान नदिँदा विद्युत् आपूर्तिमा अनियमितता उन्पन्न भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस