निम्नआय भएका महिलाको आयआर्जन र सशक्तीकरणमा जोड दिइने– गुरुङ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निम्नआय भएका महिलाको आयआर्जन र सशक्तीकरणमा जोड दिइने– गुरुङ


१२ जेष्ठ २०७४, शुक्रबार


पोखरा । पोखरा लेखनाथ महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख मञ्जुदेवी गुरुङले निम्नआय भएका महिलाको आयआर्जन र सशक्तीकरणमा विशेष जोड दिइने बताएकी छिन् ।

महानगरपालिका उपप्रमुखमा शुक्रबार निर्वाचित भएपछि छोटो प्रतिक्रिया दिँदै उहाँले निर्वाचनका बेला टोलबस्तीमा पुगेर आफूले बोलेका कुरा अब व्यवहारमा उतार्ने गरी काम गरिने प्रतिबद्धता व्यक्त गरिन ।

स्याङ्जाको सिरुबारी पञ्चमूलमा २०१८ साल मङ्सिर १६ गते जन्मिएकी गुरुङ हाल पोखरा–लेखनाथ महानगरपालिका–८, न्युरोडमा बस्दै आएकी छिन् । माता गौरादेवी र पिता ओमप्रसादबाट जन्मिएकी उपप्रमुख गुरुङका श्रीमान् मेखबहादुरको २०४९ साउन १६ गते हवाई दुर्घटनामा परी निधन भएको थियो ।

आइएडसम्म अध्ययन गरेकी गुरुङका एक छोरा र एक छोरी छन् । वि.सं. २०५५ मा नेकपा एमालेको सङ्गठित सदस्यता लिएकी गुरुङले अखिल नेपाल महिला सङ्घको नगर सचिव, अध्यक्ष र २०५० देखि निरन्तर रुपमा एमालेमा रहेर काम गर्दै आएकी छिन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस