मिथिलाञ्चलका नारीले वरसाइत पर्व मनाउँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मिथिलाञ्चलका नारीले वरसाइत पर्व मनाउँदै


११ जेष्ठ २०७४, बिहिबार


जनकपुरधाम । मिथिलाञ्चलका नारीले आज श्रद्धापूर्वक वरसाइत गर्देछन् । सौभाग्य– समृद्धि प्राप्तिका लागि यस व्रतमा वरको रूखको पूजाआजा गर्ने चलन छ ।

वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुन्छ र सावित्री पनि सोही रूखमै प्रतिष्ठापित भएको विश्वासअनुसार यस व्रतको सुरुवात भएको हो । त्यसैले यसलाई वट सावित्री पूजा भन्ने गरिएको छ ।

मैथिली भाषामा वटलाई वर भनिन्छ । अर्कोतिर पतिलाई पनि वर भन्ने गरिएको पाइन्छ । वटवृक्ष दीर्घायु वृक्ष हुने भएकाले यसको पूजा गर्ने मान्यता रहेको बताइन्छ ।

यो व्रत नवविवाहिताले विवाह भएपछिको पहिलो पटक विशेष विधिविधानका साथ गर्ने गर्दछिन् भने दोस्रो पटकदेखि सधवा रहुञ्जेलसम्म साधारण प्रकारले गर्ने गर्दछिन् ।

यसमा वटवृक्षसम्म जाने सुविधा नभएको खण्डमा वटवृक्षको हाँगा टिपेर आङ्गनमा रोपेर पनि व्रत सम्पन्न गरिन्छ । पौराणिक कथाअनुसार सावित्रीले सोही रूखमुनि आराधना गरी मृत पति सत्यवानलाई जीवित तुल्याएकी थिइन् ।

यसमा वरको रूखमुनि गौरी, भगवती र विसहराको कथा पूजा सकिएपछि व्रत बस्ने महिलाले वरको पात कपालमा सिउरेर अटल सौभाग्यको वरदान माग्दछिन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस