हुम्लाको खार्पुनाथमा काँग्रेस विजयी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

हुम्लाको खार्पुनाथमा काँग्रेस विजयी


८ जेष्ठ २०७४, सोमबार


हुम्ला । खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका कर्णबहादुर रावत एक हजार ११० मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गणेश रावलले ५३३ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपाध्यक्षमा काँग्रेसकै सिन्दु हमाल एक हजार १८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुपा शाहीले ९५९ मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालयका खिलनाथ रेग्मीले जानकारी दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस