गजल « प्रशासन
Logo ७ चैत्र २०७९, मंगलबार
   

गजल


३० बैशाख २०७४, शनिबार


बालेर आगो ताप्ने कमै भेटिए
राम्रा खबर छाप्ने कमै भेटिए

अरुलाई भूसुन्ना देख्नेहरु धेरै
आफ्नो उचाई नाप्ने कमै भेटिए

भ्रमको खेती झुटको बजारमा
साझेदारीमा फाप्ने कमै भेटिए

दानबकै रुप दानब भगाउने रे ?
देउता बनी काप्ने कमै भेटिए

Tags :
प्रतिक्रिया दिनुहोस