Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

चिया नीति आवश्यक भएकामा जोड


१५ बैशाख २०७४, शुक्रबार


काठमाडौँ, १५ वैशाख । चियाको विकासका लागि छुट्टै नीति आवश्यक भएकामा जोड दिइएको छ ।

बीसौँ राष्ट्रिय चिया दिवसमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यहाँ शुक्रवार आयोजना गरेको कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले चिया नीति आवश्यक भएको बताउँदै नीति अभावमा चिया व्यवसायीले सहुलियत नपाएको उल्लेख गरे ।

कृषि विकास मन्त्रालयका सचिव डा. सुरज पोखरेलले चियाको विकासका लागि लगानी गर्न सरकार तयार रहेको बताए । कार्यक्रममा यस वर्षको उत्कृष्ट चिया कृषक पुरस्कार नुवाकोटका जगतबहादुर तामाङलाई दिइएको छ । पुरस्कारबापत तामाङलाई पाँच हजार दिइएको थियो ।

यस्तै उत्कृष्ट अर्थोडक्स चिया निर्यात पुरस्कार इलामस्थित हिमालय साङ्ग्रिला चिया उत्पादक कम्पनीलाई प्रदान गरिएको छ । सो कंले गत आवमा २६ हजार ३१२ केजी अर्थोडक्स चिया निर्यात गरेको थियो । यसैगरी उत्कृष्ट सिटिसी चिया निर्यातको पुरस्कार झापाको भद्रपुरस्थित पराजुली चिया उद्योगलाई प्रदान गरिएको छ । उक्त उद्योगले सोही अवधिमा १४ लाख २७ हजार केजी चिया निर्यात गरेको थियो ।

कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले आर्थिक वर्ष २०७२/७३ मा १३ हजार २८९ मेट्रिक टन चिया विभिन्न देशमा निर्यात गर्दै दुई अर्ब ४० लाख आर्जन गरिएको जानकारी गराए । वि.सं. १९२० देखि नेपालमा व्यावसायिक रुपमा चियाखेतीको सुरुआत भएको हो । अहिलेझापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, कास्की, लमजुङ, ललितपुर, दोलखा, रामेछापलगायत २४ जिल्लामा २७ हजार छ सय ८८ हेक्टर क्षेत्रफलमा चियाखेती भइरहेको छ । चिया उद्योगमा अहिले ६० हजार मानिसले रोजगार पाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस