विवाहपञ्चमीमा राष्ट्रिय बिदा दिन माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विवाहपञ्चमीमा राष्ट्रिय बिदा दिन माग


प्रशासन संवाददाता

१२ बैशाख २०७४, मंगलबार


जनकपुरधाम । धार्मिक, सांस्कृतिक र संस्कारका दृष्टिले महत्वपूर्ण मानिएको जानकी नवमी र जानकी विवाह पञ्चमीका दिन राष्ट्रिय बिदाको माग गरिएको छ ।

जनकपुरधाममा मंगलवार बसेको सर्वपक्षीय भेलाले विदा माग गर्दे जानकी नवमीलाई सरकारी र निजीस्तरबाट भव्य किसिमले मनाउनुपर्नेमा जोड दिएको छ । भेलाले राष्ट्रिय विभूति सीताको जन्म र विवाहका दिनमा सरकारीस्तरबाट हालसम्म कुनै कार्यक्रम र सहयोग प्राप्त नभएका कारण जनकपुरधाम धार्मिक पर्यटकीय दृष्टिकोणले पछाडि परेकाले उक्त दुवै दिनमा सरकारीस्तरबाट पनि सहयोग र सहभागिताका लागि आग्रह गरेको छ ।
भेलाले वैशाख २१ गते हुने जानकी नवमी महोत्सव नौ दिनसम्म मनाउने निर्णय पनि गरेको छ । जानकी नवमीका अवसरमा बधाई गान, दूधमति शाही स्नान, जानकी जन्मोत्सव, शोभा यात्रा, जानकी कथा प्रवचन, जानकी जन्मविवाह सांस्कृतिक कार्यक्रम, विशेष जानकी आरती, छठिहार र दीपोत्सव मनाउने निर्णय पनि गरिएको छ ।

भेलामा मान महन्त जगन्नाथ दास, जानकी मन्दिरका महन्त रामपतेश्वर दास, प्रजिअ दिलीप चापागाईं, जानकी मन्दिरका सहायक महन्त रामरोशन दासलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, पत्रकार, सङ्घसंस्थाका प्रतिनिधि र सुरक्षाकर्मीले उत्सवलाई सफलतापूर्वक सम्पन्न गराउने कार्यमा सबैको सहयोगको आवश्यकतामा जोड दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस