पत्रकार महासङ्घ काठमाडौं शाखा अध्यक्षमा बिँडारी विजयी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पत्रकार महासङ्घ काठमाडौं शाखा अध्यक्षमा बिँडारी विजयी


११ बैशाख २०७४, सोमबार


काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाको अध्यक्षमा शान्तराम बिँडारी विजयी भएका छन् ।

नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचनमा उनी विजयी भएका मुख्य निर्वाचन अधिकृत गोविन्द पोखरेलले जानकारी दिए ।

प्रेस चौतारी नेपालमा आबद्ध बिँडारी ‘दामन पोष्ट’ साप्ताहिकका सम्पादक हुन् ।

यसैगरी २० सदस्यीय कार्यसमितिमा उपाध्यक्ष खुल्लामा सूर्य सुवेदी, महिला उपाध्यक्षमा सीता पोखरेल, सचिवमा मोहन पन्त, सहसचिवमा रामशरण माझी र अमीर लामा, कोषाध्यक्षमा रामचन्द्र बस्नेत निर्वाचित भएका छन् । चुनावमा कुल एक हजार ३७५ मतदातामध्ये ८७८ मत खसेको थियो । रासस

प्रतिक्रिया दिनुहोस