इलाममा अन्तर्राष्ट्रिय आमन्त्रण कराँते हुने « प्रशासन
Logo २९ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

इलाममा अन्तर्राष्ट्रिय आमन्त्रण कराँते हुने


११ बैशाख २०७४, सोमबार


इलाम । इलामको सूर्योदय नगरपालिकास्थित फिक्कल बजारमा ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण सितोरियो कराँते प्रतियोगिता’ आयोजना गरिने भएको छ । नेपाल, भारत, भुटान, बङ्गलादेश र श्रीलङ्काका ४०० खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।

सितोरियो कराँते सङ्घले फिक्कलमा वैशाख १६ र १७ गते फिक्कल बजारमा प्रतियोगिता आयोजना गर्ने जनाएको हो । प्रतियोगितामा इलामका २५०, भारतका ३००, श्रीलङ्काका २५ भुटानका १५ र बङ्गलादेशका पनि त्यही हाराहारी खेलाडीले सहभागिता जनाउने सङ्घका अध्यक्ष तथा कराँतेका अन्तर्राष्ट्रिय निर्णायक योगेश चाम्लिङले जानकारी दिए ।

“हामी इलामे खेलाडी नै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पर्याप्त छौँ भन्ने लागेर अन्य जिल्लाका साथीहरूलाई बोलाइएन”, चाम्लिङले भने – “जिल्लाकै खेलाडीको क्षमता विकास गर्ने र पहिचान बनाउने प्रतियोगिताको उद्देश्य हो ।”

प्रतियोगितामा पुरुषतर्फ २० देखि ७५ किलो तौल समूह र त्यसभन्दामाथि खुला गरी २० बेग्लाबेग्लै समूहमा प्रतिस्पर्धा गराइने छ । महिलातर्फ २५ देखि ६५ र त्यसभन्दा माथि खुला गरी ११ तौल समूहमा प्रतिस्पर्धा गराइने छ । प्रतियोगिताका विजेताले पदक र प्रमाणपत्र पाउनेछन् । विजेता र उपविजेता टिमलाई ट्रफी प्रदान गरिने छ । “प्रतियोगितामा खेलाडी छान्न जिल्लाका २२ स्थानमा प्रशिक्षण दिइरहेका छौँ”, अन्तर्राष्ट्रिय निर्णायक चाम्लिङले भने– “जिल्लाका ७०० खेलाडीबाट प्रतियोगितामा भाग लिने अढाइ सय जति छान्नुपर्नेछ ।” रासस

प्रतिक्रिया दिनुहोस