गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु « प्रशासन
Logo २९ असार २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु


११ बैशाख २०७४, सोमबार


बस दुर्घटना

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपलिका–३ मा स्कारपियो गाडीको ठक्करबाट गएराति एक जना साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–१ बस्ने २४ वर्षीय सुलान मियाँ रहेको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा७च ९६४२ नम्बरको स्कारपियोले मियाँ सवार साइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते उनको विराटनगरस्थित न्युरो अस्पताल ल्याउने क्रममा राति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै साइकलमा सवार अर्का सोही गाउँपालिका निवासी २३ वर्षीय मुकेशकुमार यादव समेत घाइते भएका छन् । उनको पनि न्युरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

ठक्कर दिने स्कारपियो र चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस