पुरानै विषय समावेश भए मान्य नहुनेः एमाले « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पुरानै विषय समावेश भए मान्य नहुनेः एमाले


१० बैशाख २०७४, आइतबार


काठमाडौँ । नेकपा (एमाले)को संसदीय दलको आजको बैठकले संविधान संशोधनका विषयमा सरकार र मधेसी मोर्चाबीचको पछिल्लो समझदारी बमोजिम ल्याउन खोजिएको प्रस्तावमा पुरानै विषय समावेश भएमा आफूलाई मान्य नहुने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आइतवार बसेको संसदीय दलको बैठकले त्यसबारे सरकारको आधिकारिक निर्णय पछिमात्र पार्टीको धारणा तय गरिने निर्णय भएको सो पार्टीका प्रमुख सचेतक भानुभक्त ढकालले बताए ।

सरकार र मोर्चाबीच नागरिकता, भाषा, स्थानीय निकायको सङ्ख्या थपजस्ता विषयमा सहमति गरी दुई चरणमा स्थानीय निर्वाचन गर्ने समझदारी भएको भन्ने विषयमा एमालेले त्यसबारे आफूहरुलाई कुनै जानकारी नभएको पनि स्पष्ट गरेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस