संविधान कार्यान्वयनका लागि निर्वाचनः महामन्त्री कोइराला « प्रशासन
Logo १७ मंसिर २०७८, शुक्रबार
   

संविधान कार्यान्वयनका लागि निर्वाचनः महामन्त्री कोइराला


१ बैशाख २०७४, शुक्रबार


गोरखा । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले ०७४ सालमा स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गरी संविधान कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस क्षेत्र नं. ३ गोरखाले शुक्रवार भीमसेन गाउँपालिकास्थित घ्याम्पेशालमा गरेको आमसभालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले लोकतन्त्रको सुदृढिकरणका लागि निर्वाचनमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह गरे ।

सबै दललाई सहमतिमा ल्याएर निर्वाचनमा जुट्नसके संविधानको कार्यान्वयन र देशलाई फाइदा पुग्ने कोइरालाको भनाइ थियो । संविधानको सफल कार्यान्वयनपछि मात्रै देश विकास तथा आर्थिक समृद्धितर्फ लम्कने भन्दै उनले निर्वाचनको विकल्प छैन भने ।

पार्टीका केन्द्रीय सदस्य एवम् परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले अन्धो राष्ट्रवादको चर्का कुरा गर्न छाडेर नेपाल र भारतबीच देखिएका अनेक समस्या कुटनीतिक तवरबाटै समाधानका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

नेपाली कांग्रेस गोरखाका कार्यबाहक सभापति नन्दप्रसाद न्यौपानेले स्थानीय निर्वाचनका लागि पार्टीले उमेद्वार चयन गर्न गृहकार्य गरिरहेको बताए । कार्यक्रममा नयाँ वर्ष ०७४ को शुभकामना आदानप्रदान र साँस्कृतिक कार्यक्रम पनि गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस