डिपिएल अन्तर्गत बिहिवारको खेलमा कञ्चनपुर आइकोनिक र विराटनगर किंग्सको जीत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डिपिएल अन्तर्गत बिहिवारको खेलमा कञ्चनपुर आइकोनिक र विराटनगर किंग्सको जीत


३१ चैत्र २०७३, बिहिबार


धनगढी । सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत विहीवार भएका खेलमा कञ्चनपुर आइकोनिक र विराटनगर किंग्सले जित हात पारेका छन् । पहिलो खेलमा कञ्चनपुरन आईकोनिकले धनगढी टिम चौराहालाई ११ रनले पराजित गरेको हो । दोस्रो खेलमा विराट नगर किंग्सले सिवाईसी अत्तरीयामाथि ८ विकेटको सानदार जित दर्ता ग¥यो ।

सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५ रन बनायो । कञ्चनपुरका लागि सुनिल धमलाले ३७ बलमा ३९ रन, सिद्धान्त लोहनीले २० बलमा २७ रन बनाए । सागर पुनले ४३ बलमा २० रन वनाए । कञ्चनपुरका ५ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । धनगढीका रामनरेश गिरी र आरिफ शेखले दुई दुई विकेट लिए । सुशन भारी र प्रेम तामाङले एक एक विकेट लिए ।

बिहीबार सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा भएको पहिलो खेलमा १ सय ६ रनको लक्ष्य पछ्याएको धनगढी १७ ओभर ४ बलमा ९४ रन बनाएर अल आउट भयो । धनगढीका लागि पारस खड्काले २३ बलमा २३ रन, आरिफ शेखले ३२ बलमा २२ रन पृथु बास्कोटाले १७ बलमा १९ रन र अनिल मडण्लले १५ बलमा १२ रन बनाए । धनगढीका चार जना ब्याट्सम्यान शून्यमा आउट भए । प्रेम तामाङ र सुसन भारी एक एक रनमा आउट भए । धनगढीले ५ रन जोड्दा आफ्ना वाकी सवै विकेट गुमाएको हो । कञ्चनपुरलाई जिताउन अभिनाश कर्णले तीन, ललित भण्डारी र चन्द्र साउदले दुई दुई विकेट लिए । सिद्धान्त लोहनी र सुनिल धमलाले एक एक विकेट लिए । लागतार दुई हारपछिको पहिलो जित हात पार्नुमा वलरहरुले अन्तिम ओभर उत्कृष्ट खेल देखाएको वताए ।

अघिल्लो पटक भएको धनगढी क्रिकेट लिगको च्याम्पीयन टीम धनगढीले लगातार २ खेल गुमाएपछि पछिल्ला खेल जित्ने चुनौती वढेको छ । कप्तान पारस खड्काले व्याट्सम्यानहरुले खेल्न नसक्दा पराजित भएको प्रतिक्रिया दिए ।

लिग अन्तर्गत विहीवार दिउसो भएको खेलमा टस जितेर पहिले व्याटिङ गरेको अत्तरीयाले निर्धारित ओभरमा सवै विकेट गुमाउदै ९२ रन मात्रै वनाउन सक्यो । अत्तरीयाका लागि मेहवुव आलमले २७ करन केसीले १७ ज्ञानेन्द्र मल्लले १४ र ज्ञानेन्द्र कुवरले १० रन वनाउनु वाहेक अन्य खेलाडीले दोहोर अंक छुन सकेनन् । विराटनगरका लागि सन्दीप लामिछानेले ३ र जितेन्द्र मुखीयाले २ विकेट लिए । ९३ रनको लक्ष्य लिएर मैदान उत्रिएको विराटनगरले ११ दशमलव ५ ओभरमा २ विकेट क्षतिमा विजय लक्ष्य पुरा ग¥यो ।

जितका लागि आसिफ सेखले सर्वाधिक ४६ र दिपेन्द्र सिंह ऐरीले २६ रन वनाए । अभिनास वोहोरा र ससी केसरीले २/२ विकेट लिए पनि । खेलमा वेल्स क्याफे म्यान अफ द म्याच हुदै नगद १० हजार हात पारे ।

प्रतियोगिता अन्तर्गत शुक्रवार हुने पहिलो खेलमा रुपन्देही च्यालेन्जर्स र काठमाण्डौ गोल्डेन्स तथा दोस्रो खेलमा सिवाईसी अत्तरीया र धनगढी टीम चौराह वीचमा हुने आयोजकले जनाएको छ । धनगढी क्रिकेट एकेडेमी र सुदुरपश्चिमाञ्च एकेडेमीको संयुक्त आयोजनामा भईरहेको प्रतियोगितामा ६ टिम सहभागी छन् । ६ वटा शहरका नामबाट बनाइएका टिममा सुदूरपश्चिमका तीन शहरका तीन टिम सहित काठमाडौंको एक, विराटनगरको एक र भैरहवाको नामबाट एक टिम छन् । सबैभन्दा धेरै पुरस्कार रहेको घरेलु क्रिकेट प्रतियोगिता डिपिएलको विजेताले १५ लाख र उपविजेताले ७ लाख रुपैया पुरस्कार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस