‘राष्ट्रिय आवश्यकताले पशुपतिनाथमा नेपाली पुजारी राख्न खोजेको हुँ’– प्रधानमन्त्री दाहाल « प्रशासन
Logo २९ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

‘राष्ट्रिय आवश्यकताले पशुपतिनाथमा नेपाली पुजारी राख्न खोजेको हुँ’– प्रधानमन्त्री दाहाल


३१ चैत्र २०७३, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय आवश्यकतानुसार नै सरकारले केही वर्षअघि पशुपतिनाथमा नेपाली पुजारी राख्ने प्रचलन सुरु गर्न खोजेको बताएका छन् ।
पशुपतिनाथका मूल भट्टमा त्यतिबेला नियुक्त भएका डा. विष्णु दाहालले लेखेको ‘पशुपतिनाथमा सात दिन’ नामक पुस्तकको बिहिवार विमोचन गर्दै प्रधानमन्त्रीले भने–“मैले त्यतिखेर गरेको निर्णय गलत थिएन भन्नेमा म विश्वस्त छु । कला पुगेन होला, त्यसमा भने म सहमत छु । तर निर्णय नै गलत थियो भन्नेमा म छैन । ’’
प्रधानमन्त्रीले पशुपति, राष्ट्रपति सेनापतिलगायत प्रकरणमा नेपाली जनताको भावना र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने जमर्को गरेको उल्लेख गर्दै केही कार्यशैलीगत कमजोरीका कारण निष्कर्षमा पुग्न नसकेको उल्लेख गरे ।

प्रधानमन्त्रीले भने, ‘‘नेपाली जनताको भावना के छ, नेपाल राष्ट्रको आवश्यकता के हो भनेर नै मैले पशुपतिमा के सुधार गर्न आवश्यक छ, सेनापतिमा के सुधार गर्न आवश्यक छ, राष्ट्रपतिमा के सुधार गर्न आवश्यक छ भनेर कदम चालेको थिएँ । त्यसमा मेरो कुनै द्विविधा थिएन । अहिले पनि छैन । खालि शक्ति सन्तुलनको स्थितिलाई हेरेर अलि कलात्मक हुन मैले त्यतिबेला जानिन होला । तर जे मिसन थियो राष्ट्र र जनताको मिसनभन्दा बाहिर थिएन ।’’
सो अवसरमा पूर्वसंस्कृतिमन्त्री एवम् नेकपा(माओवादी केन्द्र)का नेता गोपाल किरातीले नेपालको गौरवका रुपमा रहेको पशुपतिनाथमा नेपाली पुजारी नै हुनुपर्छ भन्नेमा आफू प्रतिबद्ध रहेको र पार्टी समेत प्रतिबद्ध रहेको धारणा राखे ।

सात दिन मूल पूजारीका रुपमा कार्यसम्पादन गरेका डा. दाहालले सो अवधिमा भोग्नुभएको समग्र पक्षलाई समेटेर पुस्तक लेखेका छन् । पुस्तकमा पशुपतिनाथको अन्य पाटा र पक्षका बारेमा समेत उल्लेख गरिएको डा. दाहालले जानकारी दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस