निर्वाचनको तयारी पूराः प्रमुख निर्वाचन आयुक्त « प्रशासन
Logo २४ आश्विन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

निर्वाचनको तयारी पूराः प्रमुख निर्वाचन आयुक्त


३१ चैत्र २०७३, बिहिबार


विराटनगर । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनका लागि आयोगले सम्पूर्ण तयारी पूरा गरिसकेको बताएका छन् ।

विराटनगरमा बिहिवार आयोजित पत्रकार भेटघाटमा उनले अब आयोगले मतपत्र, परिचयपत्र ढुवानी प्रक्रिया सुरु गर्नुका साथै मतदान केन्द्रित कार्यक्रम लिएर अगाडि बढेको जानकारी गराए ।

मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतलगायतको तालिम सम्पन्न भइसकेको उल्लेख गर्दै उहाँले निर्वाचनको प्रचारप्रसारमा सञ्चार क्षेत्रको अग्रणी भूमिका रहेकाले सत्यतथ्यमा आधारित समाचार सम्प्रेसन गर्न आग्रह गरे ।

‘निर्वाचनमा सेना परिचालन’ बारे आफुले नबोलेको प्रष्ट पार्दै उनले काठमाडौंँबाट प्रकासित एक दैनिक यस्ता बाङगोटिङ्गो ढङ्गले समाचार बनाएर प्रकासित गरेकामा दुःख व्यक्त गरे ।

‘‘सेनाको बलमा कहीँ स्थानीय तहको निर्वाचन हुन्छ, कदापि हुदैँन। ’’ उनले जोड दिए, “जनता, राजनीतिक दल र सञ्चारकर्मीको सहयोगमा निर्वाचन सम्पन्न हुनेछ, त्यस्ता समाचारको म घोर भत्र्सना गर्दछु ।”

सुरक्षाको व्यवस्था मिलाउने काम सरकारको रहेको प्रष्ट पार्दै उनले भने,“निर्वाचनमा सुरक्षाका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी खटिने छ र ‘सेना ब्याँक फोर्स’को रुपमा रहनेछ ।”

मधेसी मोर्चाअन्तर्गतका दलहरुले पनि दल दर्ता गरेकाले निर्वाचनमा सबै सहभागी हुने विश्वास व्यक्त गर्दै उनले सरकारका साथै अन्य राजनीतिक दलहरुलाई सबै दलको सहभागिताका लागि वातावरण बनाउनेतर्फ अग्रसर रहनुपर्ने धारणा व्यक्त गरे ।रासस

प्रतिक्रिया दिनुहोस