उपाध्यायको एकल साँझमा झुमे दर्शक « प्रशासन
prasaLogo
३१ चैत्र २०७३, बिहीबार

उपाध्यायको एकल साँझमा झुमे दर्शक


प्रकाशित मिति : 13 April, 2017 11:40 am

धनगढी । राइझुमा झुमाक्या मस्क्याकी छ हो राइझुमा बुधवार बेलुकी बरिष्ठ देउडा गायक यज्ञराज उपाध्यायले यो गीत गाइरहँदा धनगढीको ॐ प्यालेसमा उनको एकल साझ हेर्न पुगेका दर्शशहरु निकै रमेका थिए ।

उपाध्यायले लड्की जानु वयालपाटा फर्कि हेर्नु साफ्या
मान्छे राम्रो मन मिल्याको चरी राम्रो डाफ्या बोलको गीत गाउँदा त झनै दर्सकहरुले बाउली जोडेर देउडा नै खेलेका थिए । कार्यक्रमका कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालदेखि समाजका अध्यक्ष राजलाल जोशीसम्म गीतमा निक्कै रमेका थिए ।

उपाध्यायले राइझुमा, अछाम रामारोसन, डिस्को डोरी, डोटी काडा, जुन तारा, आकासकी तारा लगायत डेढ दर्जन गीत गाएका थिए । उनले आफूले साहित्य समाजको यो कार्यमा सहयोग गर्न पाउँदा निक्कै खुसी लागेको बताए ।

सुदूपश्मिाञ्चल साहित्य समाजद्वारा जेठ १० गते देखि ३० गतेसम्म चल्ने देश दर्शन कार्यक्रमको सहयोगार्थ एकल साँझको आयोजना गरेको थियो । समाजले सुदूरपश्चिमको कला साहित्यलाई बाहिर ल्याउनको लागि सो अभियानको थालनी गर्ने समाजका अध्यक्ष रामलाल जोशीले बताए । उनले ६ सय भन्दा बढी दर्शक कार्यक्रममा आउँदा आफ्नो संस्कृतिप्रतिको अगाद माया रहेको कुरा झल्किएको बताए । उनले सुदूर पश्चिमका प्रमुख सांस्कृतिक प्रस्तुति सुदूरको स्वाभिमान भएको भन्दै त्यो स्वाभिमानको मुख्य पक्ष बाहिर लैजाने उद्देश्यका साथ साहित्यिक सांस्कृतिक देश दर्शन अभियानको थालनी गरिएको बताए ।

समाजले एकताको भावना जागृत गराउनको लागि मेचीको पानी महाकालीमा लगेर मिलाउने कार्यक्रम पनि तय गरेको छ । जुन कार्यले मेचीकाली बवचको साइनोलाई अझै कसिलो बनाउने समाजले बिश्वास लिएको समाजका उपाध्यक्ष तिर्थराज उपाध्यायले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस