Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बम आक्रमणको पिकेकेद्वारा दाबी


३१ चैत्र २०७३, बिहिबार


इस्तानबुल । टर्कीको दियार्बाकिरमा भएको बम आक्रमणको कुर्दिस वर्कर पार्टी (पीकेके) बुधबार दाबी गरेको छ । दियार्बाकिरमा अवस्थित एक प्रहरी प्रमुख कार्यालयनजिकै कुर्दिसहरूको बलियो प्रभाव रहेको क्षेत्रमा सो बम आक्रमण भएको थियो ।

टर्कीका राष्ट्रपति रेसेप तायिप इर्डोगानको शासनकाललाई लम्ब्याउने उदेश्यले हुन गइरहेको मतदानको केही दिन अगाडि सो आक्रमण भएको थियो । यस आक्रमणमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु भएको थियो ।

टर्कीका गृह मन्त्री सुलेएमान सोएलुले दक्षिणपूर्वी सहरमा रहेको प्रहरीको प्रमुख कार्यालयमा उक्त आतङ्ककारी आक्रमण भएको बताएका छन् ।

इर्डोगानको शासनकालाई लम्ब्याउने उद्देश्यले आगामी आइतबार हुन लागेको जनमत सङ्ग्रह अगाडि उक्त विस्फोटन भएको थियो । आइतबार हुन गइरेहको यस जनमत सङ्ग्रहमा राष्ट्रपतिका कार्यकारी शक्तिनिहित गरी संविधान परिवर्तन गर्न हुन्छ या हुँदैन भन्ने विषयमा मतदान हुने भएको छ ।

टर्की सरकारविरुद्ध पीकेकेले सन् १९८४ बाट सुरु गरेको आतङ्ककारी आक्रमणमा परी सो समयबाट हालसम्म ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । रासस/एएफपी

Tags :
प्रतिक्रिया दिनुहोस