Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

रेडक्रसको बजेट पाँच अर्ब


प्रशासन संवाददाता

३० चैत्र २०७३, बुधबार


सिन्धुली । नेपाल रेडक्रस सोसाइटीको सिन्धुलीमा सम्पन्न ४६औँ केन्द्रीय महाधिवेशनले २०७४/७५ का लागि साधारण र विकासतर्फ गरी पाँच अर्ब १४ करोड ४० लाखको प्रस्तावित बजेट पारित गरेको छ ।

आर्थिक प्रतिवेदन सोसाइटीका कोषाध्यक्ष देवेन्द्रबहादुर प्रधानले प्रस्तुत गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले देशको वर्तमान सन्दर्भमा हालै गठन भएका स्थानीय संरचनामा गाउँपालिका र नगरपालिकाको सङ्ख्या र भौगोलिक क्षेत्रसँग वर्तमानमा कायम रहेका नेपाल रेडक्रसका उपशाखाको सङ्ख्या एवम् भौगोलिक कार्य क्षेत्रका सम्बन्धमा प्राविधिक र व्यावहारिक कठिनाइ हुने देखिएकाले सो सम्बन्धमा विशेष अध्ययन गरी स्पष्ट नीतिगत व्यवस्था लिने कुरा जानकारी दिए ।

भूकम्पपश्चात् नेपाल रेडक्रस सोसाइटीले प्रभावित ‘क’ वर्गका १४ वटा जिल्लामा सञ्चालन गरेको पुनः लाभका गतिविधि समुदायमा अत्यन्त प्रभावकारी देखिएकाले आगामी दिनमा ‘ख’ वर्गमा परेका १७ जिल्लामा पनि नेपाल रेडक्रसले कार्यक्रमको विकास गरी स्रोतको खोजी कार्य अगाडि बढाउन आह्वान गरेको छ ।

नेपाल रेडक्रसले अहिले २० भन्दा बढी अन्तर्राष्ट्रिय साझेदार निकाय सामान्य र आपत्कालीन अवस्थामा सहयोग गर्न क्रियाशील रहँदै सरकारका सरोकारवाला निकायसँग समन्वय गरिरहेको जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस