Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अदुवा किसान मारमा


३० चैत्र २०७३, बुधबार


इटहरी । अदुवाको उचित मूल्य नपाएपछि सुनसरीको विष्णुपादुका र पाँचकन्या क्षेत्रका किसान मारमा परेका छन् ।

गत वर्ष किसानले अदुवा प्रतिकिलो ५० देखि ६० मा बिक्री गरेका थिए । यस वर्ष प्रतिकिलो १० देखि २० मा बिक्री भइरहेको छ । कृषि उपज केन्द्र धरान–१३ अमरहाटबाट गत वर्ष १० हजार मेट्रिक टन अदुवा बिक्री भएको थियो ।

एक हजार मेट्रिक टन स्थानीय बजारमा खपत भएको र बाँकी भारत निकासी भएको बजार व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । कृषि उपज बजारस्थलमा बिक्रीका लागि ल्याएको अदुवा भारत निकासी हुन सकेको छैन ।

“किसानले उत्पादन गरेको अदुवा कृषि उपज बजारस्थलमै थन्किएको छ,” भट्टराईले भने । प्रशोधन केन्द्र स्थापना गर्न सके अदुवा नष्ट हुनबाट जोगाउन सकिने उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस