कैलाली । कैलालीको घोडाघोडी नगरपालिका १० घुम्नीभाकल राधाकृष्ण मन्दिर नजिक सोमवार दिउसो भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका वडा नं. ४ जनकपुरका २२ वर्षिय हेम न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय पहलमानपुरका प्रमुख राम दत्त भटट्ले बताए ।
पूर्ववाट पश्चिम तर्फ आई रहेको से. ५ प. ९८८ नम्वरको मोटर साइकलले पश्चिमवाट पूर्व गैरहेकोे वसवाट झेरर वाटो कट्दै गरेका पैदल यात्रीलाई बचाउन खोज्दा रोडको दक्षिण तिर गाडेको बिजुलिको पोलमा ठोकिदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पहलमानपुरले जानकारी दिएको छ । उक्त दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा गौरी गंगा नगरपालिका वडा नं. ७ शंकरपुरका ७५ वर्षिय धन बहादुर कँडेल र घोडाघोडी नगरपालिका वडा नं. ४ जनकपुर का २० वर्षिय देवी न्यौपाने रहेका छन् ।
घाइते दुवै जनाको अहिले घोडाघोडी अस्पताल सुखडमा उपचार भै रहेको छ । मृतक न्यौपानेको शव पोष्टमार्टमका लागि सेति अञ्चल अस्पताल धनगढी लगिएको छ ।