Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सिमेन्टको मूल्यवृद्धि पुनर्विचार गर्न व्यवसायी सहमत


प्रशासन संवाददाता

२८ चैत्र २०७३, सोमबार


काठमाडौँ । नेपाली सिमेन्टमा हालै भएको मूल्यवृद्धिलाई पुनर्विचार गर्न नेपाल सिमेन्ट उत्पादक सङ्घ सहमत भएको छ ।

उद्योग मन्त्रालयमा नेपाल सिमेन्ट उत्पादक सङ्घका प्रतिनिधिसँगको छलफलमा मन्त्री नवीन्द्रराज जोशीले पुनःनिर्माणको प्रथम चरण भर्खरै सुरु भएकाले वर्तमान समयमा न्यूनतम मुनाफा लिएर राज्य र नागरिकलाई सहयोग गर्न उद्योगीलाई आग्रह गर्नुभएपछि उद्योगीका तर्फबाट यस्तो प्रतिबद्धता आएको हो ।

छलफलमा नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापाले नेपाली सिमेन्टको उत्पादन लागत दक्षिण एसियामै महँगो रहेको अवगत गराउँदै सरकारको अनुरोधलाई स्वीकारेर हाललाई मूल्यवृद्धिमा पुनर्विचार गर्न सङ्घले आफ्ना सदस्य सिमेन्ट उत्पादकलाई आजै पत्राचार गर्ने बताए ।

अध्यक्ष थापाले सरकारको आग्रहलाई सकारात्मक रुपमा लिएको बताउँदै सबै व्यवसायीलाई आग्रह गर्ने जानकारी गराए । व्यवसायीहरुले मूल्यवृद्धिमा पुनर्विचार गरी सक्दो सहयोग गर्ने वचन दिएका थिए ।

नेपाली सिमेन्ट उद्योगको उत्पादन लागतलाई कम गरी प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय सिमेन्ट उपलब्ध गराउने सम्बन्धमा अध्ययन गर्न मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालको संयोजकत्वमा अर्थ मन्त्रालय, सिमेन्ट उत्पादक सङ्घका प्रतिनिधि र विज्ञ सदस्यसमेत रहेको एक अध्ययन समितिसमेत गठन गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कोइला र क्लिङ्करको मूल्यवृद्धि भएको भन्दै केही नेपाली सिमेन्ट उत्पादकले आफ्नो उत्पादनमा प्रतिबोरा २० देखि ३० रुपैयाँसम्म मूल्यवृद्धि गरेको समाचार सार्वजनिक भएपछि मन्त्री जोशीले मूल्यवृद्धिको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका थिए।

छलफलमा मन्त्री जोशीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उद्योग मन्त्रालयले सुरु गरेको बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषण कार्यक्रममा मुनाफाको केही रकम सहयोग गर्न सिमेन्ट उद्योगीलाई आग्रह गरे ।

नेपाली सिमेन्ट उद्योगलाई प्रतिस्पर्धी बनाई निर्यातमुखी बनाउन उद्योग मन्त्रालयका तर्फबाट गर्नुपर्ने सहयोगका लागि आफू तत्पर रहेको मन्त्री जोशीको भनाइ थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस