इजिप्टको चर्चमा बम हमला, २१ जनाको मृत्यु « प्रशासन
Logo ६ आश्विन २०७८, बुधबार
   

इजिप्टको चर्चमा बम हमला, २१ जनाको मृत्यु


प्रशासन संवाददाता

२७ चैत्र २०७३, आइतबार


कायरो(एजेन्सी)। इजिप्टको टान्टा सहरमा रहेको चर्चमा बम विस्फोट गराइएको छ ।

विस्फोटनमा परी कम्तीमा २१ जनाको मृत्यु भएको इजिप्टको सरकारी सञ्चार माध्यमले जनाएको छ । घटनामा अन्य ५९ जना घाइते भएका छन् ।

स्थानीय समयानुसार आइतबार बिहान १० बजे सो विस्फोट भएको थियो । घटनास्थल कायरोदेखि १२० किलोमिटर उत्तरतर्फ पर्दछ ।

यसैबीच, पाकिस्तानको पञ्जाव प्रदेशमा पाँच जना लडाकू र एक जना सुरक्षाकर्मी मारिएका छन् ।

पञ्जावको देरा घाजी खान जिल्लामा सुरक्षाफौजले गरेको विषेश सुरक्षा कारबाहीका क्रममा भएको दोहोरो झडपमा परी पाँच जना आतङककारीको मृत्यु भएको सेनाले जनाएको छ ।

सरकार विरोधी गतिविधि गरिरहेकाहरुका विरुद्धमा सरकारले देशभरी सुरक्षा कारबाही तीब्र बारेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस