अनुमति लिइएका पाँच हतियार फिर्ता « प्रशासन
prasaLogo
२६ चैत्र २०७३, शनिबार

अनुमति लिइएका पाँच हतियार फिर्ता


प्रकाशित मिति : 8 April, 2017 12:42 pm

बनेपा । स्थानीय प्रशासनसँग अनुमति लिएर राखिएका पाँच थान हतियार काभ्रेपलाञ्चोकमा पनि धमाधम बुझाउन थालिएको छ ।

जिल्लाका विभिन्न स्थानबाट चार थान बाह्रबोर र एक थान भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालय, धुलिखेललाई बुझाएको जिप्रका काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।

ती हतियार पनौती र धुलिखेल नगरपालिका तथा ज्याम्दीबाट स्थानीय बासिन्दाले विभिन्न मितिमा प्रहरीलाई बुझाएका हुन् । यही वैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर सरकारले आगामी वैशाख १५ गतेभित्र घरमा रहेका हातहतियार बुझाउन अनुरोध गरेको थियो ।

निर्वाचनपछिको सामान्य अवस्थामा हतियार फिर्ता हुने प्रहरीले जनाएको छ । यसैबीच बेवारिसे अवस्थामा एउटा भरुवा बन्दुक काभ्रेपलाञ्चोकको जङ्गलमा फेला परेको छ । रासस

प्रतिक्रिया दिनुहोस