१५ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसबाट भरतपुर महानगरपालिका प्रमुखमा २२ जनाको निवेदन

अ+ अ-

चितवन । आगामी स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका प्रमुखका लागि नेपाली काँग्रेसका तर्फबाट २२ जनाले पार्टीमा निवेदन दर्ता गराएका छन् ।

काँग्रेस भरतपुर नगर समन्वय समितिले शुक्रबार पार्टी कार्यालय कमलनगरमा गरेको कार्यक्रममा सो पद का लागि २२ जनाले निवेदन दिएका हुन् । भरतपुर यसै पटकदेखि महानगर बनेको हो ।

काँग्रेसको केन्द्रीय समितिको पत्र र काँग्रेस चितवनका जिल्ला समितिको निर्णयानुसार महानगरमा प्रमुख बन्न इच्छुकको निवेदन माग गरिएको थियो । आकाङ्क्षीलाई निवेदन दिनका लागि दुई दिनको समय तोकिएको पार्टी अध्यक्ष जितनारायण श्रेष्ठले जानकारी दिए ।

यस्तै उपप्रमुखका लागि १० जनाको निवेदन परेको छ । हिजो(शुक्रबार) र आज (शनिबार) उम्मेदवारको निवेदन सङ्कलन गरी उम्मेदवारका बीच छलफल गराउँदै क्षेत्र र जिल्लामा पेस गरिने महानगर सभापति भरत अधिकारीले बताए ।

काँग्रेस चितवनको पार्टी कार्यालय कमलनगरमा नगर समन्वय समितिले आह्वान गरेको कार्यक्रममा महानगरपालिका प्रमुखका लागि प्रा. डा. सूर्यकान्ता घिमिरे, शङ्कर कँडेल, डा. ईश्वरीराज लौडारी, राजेन्द्र डोटेल, उद्धव लोहनी, हृषिराज पाण्डे, बेलबहादुर गुरुङ, मिलनबाबु श्रेष्ठ, केशवराज कँडेल, विजय भुसाल, टेकप्रसाद गुरुङ, जगनाथ पौडेल, कैलाश कोइराला, महेन्द्र श्रेष्ठ, टीकाराम न्यौपाने, उत्तम जोशी, दीर्घमान श्रेष्ठ, प्रकाश अधिकारी, बलराम पौडेल, सुबोध प्रधान, दिनेश कोइराला र भरत गुरुङले निवेदन दर्ता गराए ।

यसैगरी उपप्रमुखका लागि बिनु रायमाझी, सरिता केसी, पार्वती शाह, गीता गुरुङ, इन्दिराकुमारी सडौला, शान्ति परियार, रामकुमार श्रेष्ठ, भृकुटी पौडेल, पार्वती न्यौपाने र रेखा पोखरेलले निवेदन दर्ता गराएका छन् । रासस

प्रतिक्रिया दिनुहोस