मेरो कलम अनि म « प्रशासन
Logo ६ आश्विन २०७८, बुधबार
   

मेरो कलम अनि म


२६ चैत्र २०७३, शनिबार


आतङ्कवादको दलदल बाट,
विश्व आक्रान्त भएको बेला
क्षेप्यास्त्रको रणसंग्राम युद्ध
हुने आशंका भएको बेला
बुद्धको देशमा हत्याहिंसा
ग्रस्त मेरो समाजमा,
नारी अस्मिता लुटिएको बेला
गणतान्त्रिक मूलुकमा,
मौलिक हक खोसिएको बेला
नेता राजनेता भ्रष्ट अनि
स्वार्थ गतिमा, दलहरु दलीय
स्वार्थमा लिप्त भएको बेला
असहमतिको भूमरीमा
मेरो देश अल्झिएको बेला
अनि यो मन रोएको बेला
म भन्छुँ शान्ति ! शान्ति !

किनकि
किनकि स्वस्थ समाजको निर्माण गर्नुछ
जनता, जन्मभूमी केन्द्र विन्दु राखेर
विकास समृद्धि ल्याउनुछ
सयौ फूलहरु फूलाउनुछ
विकासका मूलहरु फुटाउनुछ
एक मुठ्ठी अन्न जुटाउनुछ

किनकि
म अहिंसावादी बुद्धको मान्छे
शान्तिप्रिय नेपाली
तर …!
तर मेरो कलम भन्छ क्रान्ति !
सबै खाले अतिवादलाई परास्त गर्नछ
समाज रुपान्तरणको महान अभिलाषा
प्राप्त गर्नुछ
उच्च महत्वाकांक्षाको दुस्परिणामबाट जोगाउनुछ
आर्थिक क्रान्तिबाट बस्ती बस्तिको पछौटेपन हटाउनुछ
शान्तिको युद्धाश्रबाट
रङ्गभेद, धर्मभेद, जातिभेद अन्त गर्नुछ
विश्ववन्धुत्वको नारा घन्काउदै
सगरमाथाको शिखर बाट
शान्तिको बीउ छर्नुछ
शहिदको रगतको मसी बनाएर
रक्त क्रान्तिको गौरव गाथा कोर्नुछ
के हो वर्ग ? के हो संघर्ष ? पढाउनुछ
लेख्नुछ ठेकेदारहरुको खप्परमा
कार्लमाक्सको गिदीको मसी बनाएर
सुनौलो भविष्यको खातिर
वर्गविहीन समाज निर्माण गर्नुछ

फेरि
म भन्छु पहिचान
मेरो कलम भन्छ नेपाली
म भन्छु धर्म
मेरो कमम भन्छ मानवता
म भन्छु जात
मेरो कलम भन्छ नर नारी
म भन्छु देश
मेरो कलम भन्छ भूगोल एक घर
आकास छाना

Tags :
प्रतिक्रिया दिनुहोस