रकम अभावमा प्लास्टिकको झोलामा आन्द्रा लिएर हिँड्न बाध्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रकम अभावमा प्लास्टिकको झोलामा आन्द्रा लिएर हिँड्न बाध्य


प्रशासन संवाददाता

२४ चैत्र २०७३, बिहिबार


मोरङ । मिक्लाजुङ–१ साम्पाङ टोलका मनबहादुर राईले आफ्नो जीवन बचाइ दिन याचना गरेका छन् ।

तीन वर्षदेखि आन्द्राको अल्सरबाट पीडित ४० वर्षिय राईको वीपी कोइराला मेमोरियल अस्पताल, धरानमा शल्यक्रिया गरिएको थियो । पाँच लाखको चन्दा सङ्कलनबाट उनको शल्यक्रिया गरिएपनि आर्थिक अभावमा पूर्ण शल्यक्रिया भने हुन सकेन ।

तीनलाख खर्च अभावले उनी प्लास्टिकको झोलामा आन्द्रा लिएर हिंडिरहेका छन् । राईले भने, ‘जीवनदाता पाउने आशामा आन्द्रालाई प्लास्टिकमा पोको पारेर बाँचिरहेको छु ।’ रासस

प्रतिक्रिया दिनुहोस