Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

संविधान संशोधन नभएसम्म निर्वाचन हुन सक्दैनः अध्यक्ष यादव


२३ चैत्र २०७३, बुधबार


लहान । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभएसम्म कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन हुन नसक्ने बताएका छन् ।

सङ्घीय समाजवादी फोरम सिरहाद्वारा मंगलवार लहानस्थित पशुपति माविको प्राङ्गणमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यथास्थितिमा चुनाव हुनै नसक्ने र जर्बजस्ती गरिए मुलुकका लागि दुर्भाग्यपूर्ण हुने बताए ।

अध्यक्ष यादवले जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या निर्धारण, राष्ट्रियसभाको निर्वाचनमा गाउँपालिका र नगरपालिकाका प्रमुखले मत हाल्न पाउने व्यवस्था खारेजी तथा विशेष, संरक्षित र स्वायत्त क्षेत्रको व्यवस्थासहित मधेसी मोर्चाले उठाएका माग सम्बोधन हुनेगरी संविधान संशोधन नभएसम्म चुनाव हुन सक्दैन भने ।

अध्यक्ष यादवले भने, “संविधानमै भएको व्यवस्थालाई समेत मिचेर दलीय भागबण्डाको आधारमा स्थानीय तह कब्जा गर्ने षड्यन्त्रअनुसार चुनावको हल्ला गरिँदैछ, त्यो हामी मान्दैनौँ ।” रासस

प्रतिक्रिया दिनुहोस