Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्राधिकरणको बक्यौताबारे गलत प्रचारमा दुःख व्यक्त


२२ चैत्र २०७३, मंगलबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले करिब ४४ लाख मात्रै खानेपानीको महसुल तिर्न बाँकी रहेको जनाएको छ ।

प्राधिकरण गठन हुनु अगावैदेखि विभिन्न आयोजनाको नाममा समेत सो परिमाणको रकम बक्यौता रहेको पाइएको उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई जानकारी गराएको प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।

प्राधिकरणले ५० करोड बक्यौता तिर्न बाँकी रहेको भन्ने विषय सत्य नभएको भन्दै प्रवक्ता अधिकारीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले हालसम्म कुनै पनि लिखित तथा मौखिक आग्रह समेत नगरेको बताए ।

“लिखितरुपमा कुनै पनि प्रकारको आग्रह गरिएको छैन, प्राधिकरणलाई लिखित आग्रह आए हामी बक्यौता रकम बुझाउन तयार छौँ, तर हुँदै नभएको विषयमा नकारात्मक प्रचार गरिनु गलत छ । प्राधिकरण दुःख व्यक्त गर्दछ”–प्रवक्ता अधिकारीले भने ।

प्राधिकरणलाई सामान्यरुपमा जानकारी नगराइकन बक्यौताको विषयमा गलत प्रचार भएको भन्दै प्रवक्ता अधिकारीले सयौँ आयोजनालाई विद्युत् खरिद वापतको रकम भुक्तानी गरिरहेको, स्वदेशी तथा भारतबाट आयात भएको विद्युत्को महसुलसमेत समयमा बुझाइएको अवस्थामा खानेपानीको महसुल नतिर्ने भन्ने हुँदै नहुने स्पष्ट पारे ।

‘उज्यालो नेपाल अभियान’ सञ्चालन गरिरहेको प्राधिकरणले सबै हरहिसाब पारदर्शी एवम् चुस्तदुरुस्त राखेकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई पनि कुन समयको कति महसुल हो सोको विवरण उपलब्ध गराउन समेत आग्रह गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस