१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन आयोगद्वारा मतदाताको अन्तिम नामावली सार्वजनिक

अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि तयार गरिएको मतदाता नामावलीलाई अन्तिम रुप दिने निर्णय गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आइतबार साँझ बसेको आयोगको बैठकले अन्तिम रुप दिने निर्णय गरेको हो ।

स्वीकृत मतदाता नामावली अनुसार स्थानीय तह निर्वाचनमा कूल मतदाताको संख्या १ करोड ४० लाख ५४ हजार ४८२ रहेको छ । जसमा पुरुष मतदाताको संख्या ७० लाख ६९ हजार ७१४, महिला मतदाताको संख्या ६९ लाख ८४ हजार ६२५ र तेश्रो लिङ्गी मतदाताको संख्या १४३ रहेको छ ।

आयोगद्धारा जारी विज्ञप्तीमा भनिएको छ –२०७३ फागुन ९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका र २०७३ फागुन ९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नामदर्ता गराएका मतदाताले स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने कानूनी व्यवस्था छ । अब मतदाताको नामावली कुनै पनि ठाउँमा ठाउँ सारी नहुने तथा नाम दर्ता नगरिने आयोगले यस अघि निर्णय गरिसकेको छ ।

स्वीकृत ७५ जिल्लाकै मतदाता नामावली आयोगको प्रेसबाट छपाइ शुरू भएको छ भने मतदाता परिचयपत्रको छपाइ गर्न आयोगको परिसरमै रहेको छपाइ गर्ने जिम्मा पाएको संस्थालाई दिइएको आयोगले जनाएको छ ।

मतदान केन्द्र पुनःनिर्धारणको कार्य सम्पन्न भएपछि स्वीकृत मतदाता नामावली केही दिनभित्रै आयोगले आफ्नो वेवसाइट मार्पmत सार्वजनिक गर्ने समेत निर्णय गर्नुका साथै आयोगको कार्यतालिका अनुसार मतदाता नामावली र मतदाता परिचयपत्र छपाइ गरी २०७४ बैशाख १० गतेभित्र जिल्ला जिल्लामा ढुवानी गरिसक्नु पर्ने समेत जनाएको छ ।

निर्वाचन आयोगद्धारा सार्वजनिक ७५ वटै जिल्लाको मतदाताको संख्यात्मक विवरण

सि.नं जिल्ला पुरुष महिला ते.लि. जम्मा
1 ताप्लेजुङ 37187 33591 70778
2 पाँचथर 59747 56879 116626
3 ईलाम 96671 92601 2 189274
4 झापा 253415 256798 3 510216
5 संखुवासभा 48944 47713 96657
6 तेह्रथुम 30334 30370 60704
7 भोजपुर 53537 52016 105553
8 धनकुटा 46587 48780 95367
9 मोरङ 285937 277933 563870
10 सुनसरी 211240 209919 421159
11 सोलुखुम्बु 30874 30872 61746
12 खोटाङ 59146 56498 115644
13 ओखलढुङ्गा 44813 46694 1 91508
14 उदयपुर 88510 86951 175461
15 सप्तरी 170755 160686 21 331462
16 सिराहा 175184 156411 1 331596
17 दोलखा 65589 67893 133482
18 रामेछाप 66168 68452 134620
19 सिन्धुली 85309 82938 168247
20 धनुषा 202889 186491 6 389386
21 महोत्तरी 163473 144930 1 308404
22 सर्लाही 198066 168534 5 366605
23 रसुवा 13965 13791 27756
24 धादीङ्ग 103124 102877 1 206002
25 नुवाकोट 94337 91442 3 185782
26 काठमाण्डौ 272271 287118 11 559400
27 भक्तपुर 78926 82598 5 161529
28 ललीतपुर 103679 109393 1 213073
29 काभ्रेपलान्चोक 115593 115255 1 230849
30 सिन्धुपाल्चोक 100909 97772 198681
31 मकवानपुर 115482 112272 5 227759
32 रौतहट 176498 146952 323450
33 बारा 183784 149884 10 333678
34 पर्सा 159286 120910 15 280211
35 चितवन 150751 162250 1 313002
36 गोरखा 81621 87424 1 169046
37 मनाङ्ग 2496 2599 5095
38 लम्जुङ्ग 50727 55265 105992
39 कास्की 104576 120230 5 224811
40 तनहुँ 90144 104327 194471
41 स्याङ्जा 89544 101708 1 191253
42 गुल्मी 86015 94759 1 180775
43 पाल्पा 76567 85685 1 162253
44 अर्घाखाँची 60296 66403 126699
45 नवलपरासी 180316 189570 8 369894
46 रुपन्देही 238495 220116 5 458616
47 कपिलवस्तु 156606 129940 2 286548
48 मुस्ताङ्ग 4010 4253 8263
49 म्याग्दी 33790 37672 1 71463
50 बाग्लुङ 73963 82839 156802
51 पर्वत 47354 51889 99243
52 रुकुम 50778 51153 1 101932
53 रोल्पा 54929 59314 114243
54 प्युठान 60036 67410 1 127447
55 सल्यान 62851 62405 125256
56 दाङ 143441 147707 2 291150
57 डोल्पा 8283 8420 16703
58 मुगु 14375 13060 27435
59 जुम्ला 28559 26118 54677
60 कालिकोट 31668 29360 61028
61 हुम्ला 12696 11866 24562
62 जाजरकोट 42410 36536 1 78947
63 दैलेख 65586 67379 132965
64 सुर्खेत 89268 95131 184399
65 बाँके 125993 120084 1 246078
66 बर्दिया 124962 128218 5 253185
67 बाजुरा 32521 32427 2 64950
68 अछाम 60441 67299 2 127742
69 बझाङ्ग 47888 49721 1 97610
70 डोटी 46098 54789 100887
71 कैलाली 197887 205386 7 403280
72 दार्चुला 36641 36265 72906
73 बैतडी 60227 64596 1 124824
74 डडेलधुरा 37254 38526 75780
75 कन्चनपुर 115422 120312 1 235735
कुल जम्मा 7069714 6984625 143 14054482

प्रतिक्रिया दिनुहोस