Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

चुक्ता पुँजी आठ अर्ब पु¥याउने लक्ष्यका साथ काम हुँदै


२० चैत्र २०७३, आइतबार


काठमाडौँ । मुलुकको पहिलो बैंक नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षभित्र आफ्नो चुक्ता पुँजी न्यूनतम रु आठ अर्ब पु¥याउने लक्ष्यका साथ काम गरिरहेको जनाएको छ ।

बैंकको आइतवार आयोजित सन्ताउन्नौँ साधारणसभामा प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले नेपाल राष्ट्र बैंकले तोके बमोजिम बैंकको चुक्ता पुँजी रु आठ अर्ब पु¥याउने लक्ष्यका साथ काम भइरहेको बताए ।

चालु आवमा बैंकको सञ्चालन परिणाम उत्साहवद्र्धक रहेको जानकारी दिँदै उहाँले निक्षेप १४.६३ प्रतिशतले वृद्धि भई ८९ अर्ब ४१ करोड पुगेको र कर्जा १८.९९ प्रतिशतले वृद्धि भई ६३ अर्ब ५२ करोड पुगेको जानकारी दिए ।

बैंकको लगानी १२ अर्ब ८७ करोड पुगेको र जगेडा कोष दुई अर्ब ४८ करोडले धनात्मक रहेको उनले जानकारी दिए । बैंकको पुँजी कोष २.७० प्रतिशतले वृद्धि भई १०.२० प्रतिशत पुगेको छ भने निष्क्रिय कर्जा ०.८७ प्रतिशतले घटेर ३.११ प्रतिशत रहेको छ ।

साधारणसभामा दिइएको जानकारीअनुसार बैंकलाई वित्तीय रुपले सबल तुल्याउन बैंकको उपयोगमा नआएका बैंकिङ सम्पत्तिको बिक्री गरिने, चुक्ता पुँजी बढाउन १०ः२.३ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रक्रिया अघि बढाइएको छ ।

बैंकले कृषि, जलविद्युत्, घरेलु, साना तथा मझौला उत्पादनमूलक उद्योग, प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा लगानी वृद्धि योजना लागू गर्दै अरू नयाँ योजना ल्याई प्रतिस्पर्धी ब्याजदरमा सेवा विस्तार गर्ने कार्ययोजना लागू गर्ने चरणमा रहेको बैंकका जनसम्पर्क अधिकृत सूर्यमान राजभण्डारीले राससलाई जानकारी दिए ।

सभामा बैंकका अध्यक्ष जनार्दन शर्मा आचार्यले चालु आवको वार्षिक प्रतिवेदन र भावी योजना प्रस्तुत गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस