Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अब निर्वाचन कसैले रोक्न सक्दैन– ओली


१८ चैत्र २०७३, शुक्रबार


पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको उत्साह जनतामा जागिसकेकाले अब निर्वाचन कसैले चाहँदैमा रोक्न नसक्ने बताएका छन् ।

एमाले कास्कीले शुक्रवार पोखराको चिप्लेढुङ्गामा आयोजना गरेको जनसभालाई सम्बोधन अध्यक्ष ओलीले झन्डै १९ वर्षपछि हुन लागेको निर्वाचनले स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने भएकाले कसैको भ्रममा नपरी निर्वाचनमा भाग लिन असन्तुष्ट पक्षसँग आग्रह गरे । उनले अब देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान सरकार र सवै राजनीतिक दलहरूले सोच्नुपर्ने बेला आएको धारणा राखे ।

एक वर्षअघि आफुले शिलान्यास गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काममा ढिलाइ भइरहेकामा चिन्ता व्यक्त गर्दै पूर्वप्रधानमन्त्री ओलीले यसको निर्माणमा तीव्रता दिन सम्बन्धित निकायसँग आग्रह गरे । उनले केरुङ–काठमाडौँ–पोखरा रेलमार्ग निर्माण, सबै राजमार्गलाई चार लेनको बनाउन र फेवा, रुपा, बेगनासलगायत सवै तालको संरक्षणमा आफुले विशेष पहल गर्ने आश्वासन दिए ।

नेता ओलीले केही राजनीतिक दलले आपराधिक गतिविधि सञ्चालन गरी एमालेका कार्यकर्ताका घरमा तोडफोड तथा आगजनी गर्ने र कार्यकर्तामाथि आक्रमण गर्ने काम गरेकाले त्यस्ता काम नगर्न चेतावनीसमेत दिए ।

सो अवसरमा अध्यक्ष ओलीले विभिन्न दल परित्याग गर्ने करिब एक हजार तीन सय जनालाई टीका लगाई पार्टी प्रवेश गराएका थिए । यसअघि पोखराका बगर, रानीपौवा र सिर्जनाचोकमा एकत्रित जुलुस चिप्लेढुङ्गामा पुगेर जनसभामा परिणत भएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस