निर्वाचन र सुरक्षा विषयक प्रशिक्षण शुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

निर्वाचन र सुरक्षा विषयक प्रशिक्षण शुरु


१८ चैत्र २०७३, शुक्रबार


काठमाडौँ । निर्वाचन आयोगले शुक्रबार स्थानीय तह निर्वाचन २०७४ का लागि निर्वाचन र सुरक्षा विषयक २ दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

आज कार्यक्रमको उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुनेमा अब कुनै शङ्का नगर्न आग्रह गरे । उनाँले उम्मेदवार र आम मतदातालाई हुन सक्ने सुरक्षा चुनौती र जोखिम पहिचान गरी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

प्रमुख आयुक्त डा. यादवले सुरक्षा सबै नागरिकको आधारभूत आवश्यकता भएकाले निर्वाचनको कार्यक्रम सुरु भइसकेको हँुदा सबै सुरक्षा निकायले तत्कालै कार्ययोजना बनाएर स्थानीय तहसम्म खटिन आवश्यक रहेको बताए । उनले सुरक्षा निकायबाट पनि निष्पक्ष, स्वतन्त्र र तटस्थ भएर कार्यसम्पादन होस् आयोगले चालेको बताए ।

निर्वाचन आयुक्त सुधीरकुमार शाहले धेरैभन्दा धेरै मतदाता कुनै पनि डर, धाक र धम्कीबीच नभई निर्भीकरुपमा मतदान गरेर घर फर्कन सकून् भन्दै उनले पेसागत दायित्व बहन गरी एकीकृत र निष्पक्ष ढङ्गबाट कर्तव्य निर्वाह गर्न सुरक्षाकर्मीलाई निर्देशन दिए ।

आयुक्त शाहले सार्वभौम र स्वतन्त्र स्थानीय तहको सरकार गठनको लागि निर्वाचन हुने भएकाले राजनीतिक दलबीच सामान्य मतभेद भए पनि अब निर्वाचन नरोकिने बताए । एकै चरणमा हुन लागेको निर्वाचन तयारीको एउटा अङ्गको रुपमा निर्वाचन सुरक्षा विषयक प्रशिक्षण कार्यक्रम रहेको बताउँदै उनले भने झण्डै २० वर्षपछि स्थानीय तहको निर्वाचन हँुदैछ, निर्वाचन हुन सकेन भने संविधान कार्यान्वयन हुन सकेन भन्ने अर्थ लाग्न सक्दछ, त्यसैले पनि यो निर्वाचन हामी लोकतन्त्रमा विश्वास गर्नेका लागि जीवनमरणको प्रश्न हो ।

गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थीले धेरै वर्षको अन्तरालमा हुन लागेको स्थानीय तहको निर्वाचनमा सहभागी र उम्मेदवार बढी हुने भएकाले सुरक्षाको विषय गम्भीर र विशेष महत्वको बनेको बताए ।

उनले भने– निर्वाचनमा शान्ति सुव्यवस्था कायम गर्ने सन्दर्भमा सुरक्षा निकायबीच मेरो, हाम्रो र राष्ट्रको जिम्मेवारी हो भन्ने भावनाबाट जिम्मेवारी बहन हुनुपर्दछ, कस्तो सुरक्षा व्यवस्था र कस्तो सुरक्षा रणनीति भन्ने दृष्टिकोण र लक्ष्यको खाका मन्त्रालयले बनाइसकेको छ, सुरक्षाको कारणले निर्वाचन प्रभाव पर्न दिइने छैन ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोग र सुरक्षा निकायबीचको सहकार्यबाट स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने लक्ष्यका साथ सुरक्षाकर्मीका लागि प्रशिक्षक प्रशिक्षण सञ्चालन गरिएको र यस कार्यक्रमबाट प्राप्त जानकारी आ आफ्नो निकायका तल्लो स्तरसम्म पु¥याउन सहजहुने जानकारी दिए ।

दुई दिनसम्म चल्ने प्रशिक्षणमा जम्मा ६० जना सहभागी छन् । त्यसमा नेपाली सेनाका १५, नेपाल प्रहरीका २०, सशस्त्र प्रहरीका १५ र राष्ट्रिय अनुसन्धान विभागका छ जना अधिकृत सहभागी छन् । रक्षा मन्त्रालय र गृह मन्त्रालयका दुई÷दुई जना अधिकृत पनि दुई दिने उक्त प्रशिक्षणमा सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस