Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नापी सर्वेक्षक घुस लिएको आरोपमा पक्राउ


१८ चैत्र २०७३, शुक्रबार


सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाका नापी सर्वेक्षक सन्तोषकुमार श्रेष्ठ घुस लिएको आरोपमा शुक्रवार पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौँडा सम्पर्क कार्यालय बर्दिवासको टोलीले उनलाई पक्राउ गरेको हो । कमलामाई नगरपालिकामा बाटो छुट्याइदिएबापत २२ हजार पाँच सय घुस लिएको अभियोगमा उनलाई पक्राउ गरिएको आयोग सम्पर्क कार्यालय बर्दिवासका प्रहरी उपरीक्षक राजकुमार लम्सालले जानकारी दिए ।

केही समयदेखि श्रेष्ठले सेवाग्राहीबाट घुस लिने गरेको गुनासो आएपछि एक हप्तादेखिको निगरानीमा आज श्रेष्ठलाई पक्राउ गरिएको बताइएको छ । सरकारले भूकम्पपीडितलाई दिएको जग्गाको बाटो छुट्याईदिएबापत श्रेष्ठले पैसा नदिएसम्म नछुट्याई दिने बताएपछि सेवाग्राहीले उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा छानबिन गर्दा शुक्रवार उनलाई थलामै पक्राउ गरिएको आयोग सम्पर्क कार्यालय बर्दिवासले जनाएको छ । श्रेष्ठविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दिइने छ । श्रेष्ठलाई शुक्रवार आयोगको टोलीले बर्दिवास लगेको छ । रासस

प्रतिक्रिया दिनुहोस