बाघको छाला र भालुको पित्त सहित पक्राउ « प्रशासन
Logo २ कार्तिक २०७८, मंगलबार
   

बाघको छाला र भालुको पित्त सहित पक्राउ


१८ चैत्र २०७३, शुक्रबार


काठमाडौँ ।  प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले बुधबार कैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाडीबाट बाघको छाला सहित एक जनालाइ पक्राउ गरेको छ । एक थान छाला सहित डडेल्धुरा परशुराम नगरपालिकाका सनम जयकर भन्ने सनम जागरीलाई पक्राउ गरेको जनाएको छ ।

यसैगरी संरक्षित बन्यजन्तु भालुको पित्त सहित काठमाडौँ गुहेश्वरीबाट दुइजना जनालाई पक्राउ गरेको छ । एक थान पित्त सहित प्रहरीले विहीबार भोजपुरका बमबहादुर तामाङ र सिन्धुलीका सुर्य श्रेष्ठलाई पक्राउ गरेको छ ।

प्रहरीले बाघको छाला सहित पक्राउ परेका जागरीलाई जिल्ला बन कार्यालय कैलालीमा र भालुको पित्त सहित पक्राउ परेका तामाङ र श्रेष्ठलाई जिल्ला बन कार्यालय काठमाडौमा आवश्यक कानूनी कारवाहीको लागि बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस