काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग सार्कका महासचिव अमजाद हुसेनले शुक्रवार शिष्टाचार भेट गरेका छन् । सैनिक मुख्यालयमा उनीहरु बिच भेट वार्ता भएको हो ।
भेटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।