नेपाल–भारत प्रबुद्ध समूहको बैठक काठमाडौँमा हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल–भारत प्रबुद्ध समूहको बैठक काठमाडौँमा हुने


१८ चैत्र २०७३, शुक्रबार


काठमाडौँ । नेपाल–भारत प्रबुद्ध समूहको बैठक यही चैत २३ र २४ गते यहाँ हुने भएको छ ।

प्रबुद्ध समूहको तेस्रो बैठक बस्ने मिति तय भएको समूहका सदस्य सांसद डा. राजन भट्टराईले जानकारी दिए । गत जनवरीमा बस्नुपर्ने बैठक स्थगन भएर पुनःबस्न लागेको हो । पहिलो बैठक गत जुलाइ र दोस्रो अक्टोबरमा भएको थियो । तेस्रो बैठकका समयमा भारतमा निर्वाचन परेकाले बैठक सरेको थियो । हरेक तीन महिनामा बैठक आयोजना हुन्छ ।

बैठकमा सन् १९५० को नेपाल–भारत सन्धि, दुई देशबीच जलस्रोत, व्यापार, पारवहन तथा सामाजिक सांस्कृतिकलगायत विषयमा छलफल हुने डा. भट्टराईले बताए । प्रबुद्ध समूहमा नेपालका तर्फबाट पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा, पूर्वमन्त्री नीलाम्बर आचार्य, पूर्वजलस्रोत सचिव सूर्यनाथ उपाध्याय र परराष्ट्रविद् डा. राजन भट्टराई तथा भारतबाट भगतसिंह कोसियारी, डा. महेन्द्र पी लामा, बिसी उप्रेती र जयन्तप्रसाद हुनेछन् । रासस

प्रतिक्रिया दिनुहोस