२ चैत्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनका लागि सहमतिको वातावरण बनाउन प्रधानमन्त्रीलाई आयोगको आग्रह

:yfgLo lgjf{rgsf] af/]df hfgsf/L k|wfgdGqL k'iksdn bfxfnnfO{ k|wfgdGqL lgjf; afn'jf6f/df :yfgLo lgjf{rgsf] af/]df hfgsf/L lbFb} k|d'v lgjf{rg cfo'Qm 8f cof]lwk|;fb ofbjnufot . tl:a/ M k|bk/fh jGt, /f;;
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन तयारीबारे बिहीवार निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन् ।

बालुवाटारस्थित आफ्नै निवासमा प्रमुख निर्वाचन आयुक्तसहित पाँचैजना आयुक्तसँग प्रधानमन्त्रीले निर्वाचनको तयारी र सरकारले गर्नुपर्ने दायित्वबारे छलफल गरेका हुन् ।

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा आयोगले अहिलेसम्म गरेका तयारीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सञ्चारकर्मीलाई जानकारी दिए।

“आयोगको यो नियमित भेटघाट हो, निर्वाचन सम्बन्धी अयोगले अहिलेसम्म गरेको तयारीबारे छलफल भयो,” उनले भने– “निर्धारित मितिमै निर्वाचन गराउन आयोग प्रतिबद्ध छ, आयोगको कामप्रति प्रधानमन्त्रीले धन्यवाद पनि दिनुभयो ।”

प्रमुख निर्वाचन आयुक्त डा यादवले राजनीतिक वातावरण बनाईदिन आयोगले गरेको आग्रहमा प्रधानमन्त्रीले राजनीतिक सहमतिको वातावरण बनाउन दिनरात लागि परेका छौँ, सहमतिको अनुकूल वातावरण बन्नेमा विश्वास दिलाएका बताए ।

सो अवसरमा प्रधानमन्त्रीले निर्वाचन सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन सरकार तयार रहेको बताउँदै यसका लागि सरकारले सुरक्षा कार्ययोजना तयार गरिसकेकाले निर्धक्क भएर निर्वाचनमा होमिन आयोगलाई आग्रह गरे ।
तराई–मधेसमा निर्वाचनको वातावरण बनाउन राजनीतिक सहमतिको अन्तिम प्रयास भइरहेको र त्यो छिटै नै सहमतिको बिन्दुमा पुगिने विश्वास प्रधानमन्त्रीले दिलाउनुभएको प्रमुख निर्वाचन आयुक्त डा यादवले बताए ।

साना राजनीतिक दलले निर्वाचन चिह्न नपाएको गुनासो गरिरहेको छ नी भनी सोधेको जिज्ञासामा आयुक्त यादवले भने, “आयोगले संविधान र कानुनको आधारमा निर्वाचन चिन्ह प्रदान गरेको छ, केही दलले कानुनको कारणले निर्वाचन चिह्न प्राप्त गर्न नसकेको हो, त्यसका लागि अहिले केही गर्न सक्दिैन् किनभने आयोगले ५१ जिल्लाको मतपत्र छापिसकेको छ, मतदाता नामावलीको सूची पनि तयार भइसकेको छ ।” रासस

प्रतिक्रिया दिनुहोस