राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विधेयक प्रमाणीकरण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विधेयक प्रमाणीकरण


१७ चैत्र २०७३, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले “राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) विधेयक, २०७३” लाई प्रमाणीकरण गगरेकि छिन् ।

संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उनले उक्त विधेयकलाई बिहिवार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले जानकारी दिए ।

उक्त विधेयक व्यवस्थापिका–संसद्को गत माघ १७ गतेको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेस भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस