Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

संविधान संशोधन गरेरमात्र निर्वाचनः संयोजक डा. भट्टराई


१७ चैत्र २०७३, बिहिबार


काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालले संविधान संशोधनपछि मात्र निर्वाचन हुनुपर्नेमा जोड दिएको छ ।

पार्टी सङ्घीय परिषद्को दोस्रो पूर्ण वैठकबारे जानकारी दिन बिहिवार आयोजित पत्रकार सम्मेलनमा पार्टीका संयोजक डा. बाबुराम भट्टराईले भने – “सबै राजनीतिक दललाई समेट्न, संविधान संशोधनपछि मात्र निर्वाचन हुनुपर्छ ।”

संयोजक भट्टराईले अब हुने निर्वाचन विगतको निरन्तरता नभएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछिको नयाँ ऐतिहासिक निर्वाचन भएको बताउँदै आफ्नो पार्टीले चुनाव चिन्ह नपाए निर्वाचन हुन नदिने बताए ।

“चुनाव चिन्ह विना नयाँ शक्ति पार्टी निर्वाचनमा जाँदैन र जान पनि हुँदैन्,” उनले भने – “निर्वाचन आयोगले स्वीकृत गरेको आँखा निर्वाचन चिन्ह नै आफ्नो पार्टीलाई चाहिन्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका संयोजक डा. भट्टराईले संविधान तथा सङ्घीयताको मुख्य चुरो सिमाङ्कन भएकाले मधेश केन्द्रित दलको सहमति बिना हुने निर्वाचनको कुनै औचित्य नहुने बताए ।

पार्टी प्रवक्ता खिमलाल देवकोटाले संविधान संशोधन, विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्रको घोषणा, सर्वदलीय सरकार, तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्नेलगायतका छ वटा सर्त पार्टीले अगाडि सारेको जानकारी दिए ।

पार्टीले अगाडि सारेका सर्त पूरा नगरे आन्दोलन गर्ने चेतावनीसमेत उनले दिए ।

संयोजक डा. भट्टराईको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन तथा निर्वाचनका लागि सात वटै प्रदेशको उत्प्रेरक र संयोजक समेत तोकेको प्रवक्ता देवकोटाले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस