ठगी मुद्दाका फरार अभियुक्त पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ठगी मुद्दाका फरार अभियुक्त पक्राउ


१७ चैत्र २०७३, बिहिबार


काठमाडौँ । ठगी मुद्दाका अभियुक्त रामचन्द्र पण्डितलाई बुधवार प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ जिल्ला अदालतले २०६७ जेठ २५ गतेको फैसलाले १ वर्ष कैद र २ लाख ५५ हजार ५ सय २५ रुपैयाँ जरिवाना ठहर भई फैसला वेरुजु रही फरार पण्डितलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले पण्डितलाई बुधबार ताहचलबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको छ ।

काठमाडौँ महानगरपालिका–३४ स्थित पिपुल्स हेल्पफुल बचत तथा ऋण सहाकरी संस्थाका बजार प्रतिनिधि रहेका पण्डितले २०६५ सालको बैसाखदेखि आश्विन महिनासम्ममा संस्थाका बचतकर्ताहरुबाट संकलन गरेको २ लाख ५५ हजार ५ सय २५ रुपैयाँ संस्थामा जम्मा नगरी ठगी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस