Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पाल्पामा सडक बत्तीको बक्यौता तीन करोड नाघ्यो


प्रशासन संवाददाता

१७ चैत्र २०७३, बिहिबार


पाल्पा । विद्युत् प्राधिकरण, पाल्पाले तानसेन नगरपालिकाभित्रका सडक बत्तीबापतको तीन करोड ५० लाख ४२ हजार बक्यौता उठ्न अझै बाँकी रहेको जनाएको छ ।

तानसेन नगरपालिकाभित्रका सडक बत्तीको झन्डै ८ वर्षदेखिको महसुल उठ्न सकेको छैन । विद्युत् प्राधिकरण पाल्पाले पटक पटक महसुल भुक्तानीका लागि पत्राचार गरेपनि नगरपालिकाले अटेर गरेको छ । प्रत्येक महिनाको चार लाख महसुल बढिरहेको प्राधिकरणका सहलेखापाल फशुराम पाण्डेयले बताए ।

तानसेन नगरपालिकाका कार्यक्रम अधिकृत भरत आचार्यका अनुसार हाललाई विद्युत्को महसुल भुक्तानीमा बजेट प्राप्त नहुँदा समस्या भएको छ । उनले स्थानीय तहको निर्वाचनपछि विद्युत् महसुलको समस्या हल हुने बताए ।

तानसेनको भगवतीटोलमा दिउँसोको बेला सडकमा बत्ती बलिरहे पनि स्थानीय, नगरपालिका र विद्युत् प्राधिकरण कर्मचारीको बेवास्ताका कारण विद्युत् अनुत्पादक क्षेत्रमा खर्च हुँदै गएको छ । रासस

प्रतिक्रिया दिनुहोस